• Tuesday 8th of September 2026

कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित


  • आशाका किरण

दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् ।

यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार तीन सयभन्दा बढी सङ्क्रमित पाइएको थियो ।

तर अधिकारीहरुले यहाँ अघिल्लो हप्ताको तुलनामा भने यस हप्ता सङ्क्रमितहरु झन् बढेको बताएका छन् । अघिल्लो हप्ता दिनमा बढीमा ५५ हजार जना सङ्क्रमित देखिएकामा यस हप्ता बढेका बताएका हुन् ।

यहाँ यस हप्ता कोभिडबाट ५९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यो समेतगरी यहाँ कोभिडबाट ज्यान जाने नागरिकको संख्या ३० हजार दुई सय २३ जना पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij