• Wednesday 9th of September 2026

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ९८ मा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले उकालो लागेर तीन सय ८६ दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार कूल दुई सय ३३ कम्पनीका ४२ लाख २३ हजार आठ सय ६७ कित्ता शेयर रु दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ मूल्यमा कारोबार भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २७ अर्ब ९४ लाख ७२ हजार आठ सय ६९ मा पुगेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४५ करोड चार लाख सात हजार एक सय १९ बराबरको कारोबार भयो । नबिल बैंक रु १२ करोड तीन लाख २१ हजार नौ सय ८८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ७९ लाख ६३ हजार आठ सय ३३, शिवम् सिमेन्ट रु आठ करोड १८ लाख एक हजार चार सय २५ र नेष्डो समृद्धि लघुवित्त रु छ करोड छ लाख पाँच हजार दुई सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त आठ दशमलब २१, जीवन विकास लघुवित्त सात दशमलव ४३, कुमारी बैंक छ दशमलव ७७, ग्रीनलाइफ हाइड्रोपावर छ दशमलव ५७ र नेष्डो समृद्धि लघुवित्तका लगानीकर्ताले छ दशमलव ५४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनएमबी हाइब्रिड फण्ड पहिलो तीन दशमलव ११, प्रभु सेलेक्ट फण्ड दुई दशमलव २६, एनआइसी एशिया ब्यालेन्स फण्ड दुई दशमलव शून्य दुई, कुमारी बैंकको ऋणपत्र दुई र लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले पनि दुई प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij