• Tuesday 8th of September 2026

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग


  • आशाका किरण

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
शुक्रबार सोबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ।

“यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ,” डब्लुएचओ कार्यालयका घटना प्रबन्धक चार्ल्स न्जुगुनाले उल्लेख गरेका छन् ।
स्वास्थ्य मन्त्री रुथ एसेङ्गले देशले सामना गरिरहेको इबोला प्रकोप बाहेक युगान्डाको जीवनलाई खतरामा पार्ने अन्य स्वास्थ्य आपतकालहरू पनि रहेको बताइन्। एसेङले डब्ल्यूएचओको सहयोगले प्रभाव विरुद्धको लडाइलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij