• Tuesday 8th of September 2026

सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता


  • आशाका किरण
Nf6/Dd ;'Gtnf Af]gL * k'; M DofUbLsf] a]gL gu/kflnsf–$ af:s'gfsf] ;'Gtnf aufgdf n6/Dd kmn]sf] ;'Gtnf . o;jif{ DofUbLdf ;'Gtnfsf] pTkfbg a9]sf] 5 . Tfl:a/ M sdn vqL÷/f;;

गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।

सुन्तला खानेमा ६ सहभागी हुनुभएको थियो । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल हुनुभएको छ । उहाँले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खानुभएको थियो । उहाँले एक हजार नगद पुरस्कार पाउनुभएको छ ।

त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक किलोग्राम तीन सय ४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले नौ सय ६० ग्राम र रिजन पन्थले चार सय ८५ ग्राम सुन्तला खानुभएको थियो । सुन्तला बोकेर दोड्ने प्रतियोगितामा नौ जना सहभागी हुनुभएको थियो । डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौड्दा प्रथम भीमकला भुसाल र आशा अर्याल हुनुभएको छ ।

दोस्रोमा राधा पन्त र वर्षा पन्त साथै तेस्रो लक्ष्मी अर्याल र सावित्रा पन्थ पर्नुभएको छ । सुन्तला किसानलाई खेतीमा प्रोत्साहित, बजारीकरणको ‘ग्यारेन्टी’, स्थान विशेष पहिचानको कायम र कृषि पर्यटनलाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको आयोजक अनमोल किसान समूहका अध्यक्ष विष्णुप्रसाद पन्थले जानकारी दिनुभयो ।

सुन्तला खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास भन्ने नाराका साथ सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो ।

छत्रकोटमा ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले सुन्तला महोत्सवबाट स्थान विशेष पहिचानसहित बजारीकरणमा सहयोग पुग्ने पनि बताउनुभएको छ ।

विसं २०६० देखि सुन्तला किसानलाई आबद्ध गराएर अनमोल कृषि समूहले काम गरिरहेको छ । सुन्तला महोत्सवमा स्थानीय लाखे नाँच र पञ्चेबाजा लगायतको प्रतियोगिता राखिएको थियो ।

गुल्मीमा सुन्तला जोनमा दुई सय ६ वटा समूह सहकारी आवद्ध भई काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सुन्तला जोनका कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिनुभयो ।

सुन्तला जोनले जिल्लामा प्राविधिक सहयोग, साना सिँचाइ, बगैँचा व्यवस्थापन र तालिमसमेत सञ्चालन गर्दै आएको छ । जिल्लामा सुन्तला जोन अन्तर्गत एक हजार एक सय पाँच हेक्टरमा सुन्तला लगाइएको छ । सोमध्ये चार सय १७ हेक्टरमा उत्पादन भइरहेको छ । गुल्मीमा कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा यसवर्ष कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख रुपैया आम्दानी हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij