• Saturday 25th of July 2026

सन् २०३५ सम्ममा कोइलाको माग उच्च हुने


  • आशाका किरण

सन् २०३० देखि २०३५ को बीचमा उच्च बिन्दुमा पुग्ने सम्बद्ध अधिकारीले बताएका छन् ।

केन्द्रीय कोइला, खानी तथा संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले भारतमा कोइलाको माग जारी रहने सन् २०३५ सम्ममा यो उच्च विन्दुमा पुग्ने उहाँले बताउनुभएको हो ।

कोइला भारतको ऊर्जाको प्रमुख स्रोत हो । सन् २०२२–२३ (अप्रिल–अक्टोबर) मा कोइलामा आधारित विद्युत गृहहरूमा कोइलाको खपत बढेर ४४ करोड ७६ लाख टन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खपत ३९ करोड ८२ लाख टन थियो । यसरी हेर्दा अघिल्लो बर्षको तुलनामा यो बर्ष कोइलाको खपत १२ प्रतिशतले बढेको देखिएको छ ।

मन्त्री जोशीले भन्नुभयो, “पर्याप्त भण्डारको साथ ऊर्जाको किफायती स्रोत भएकोले भारतमा कोइला निकट भविष्यमा ऊर्जाको प्रमुख स्रोतको रूपमा रहनेछ । स्थिरता र ऊर्जा सुरक्षाका लागि देशलाई कोइलामा आधारित उत्पादनको आधार भार क्षमता आवश्यक पर्छ ।”

ऊर्जा मन्त्रालयले सन् २०३० सम्ममा नयाँ तथा नवीकरणीय गैरजीवाश्म इन्धनमा आधारित ऊर्जा स्रोतबाट करिब ५० प्रतिशत संचयी विद्युतीय ऊर्जा स्थापित क्षमता हासिल गर्ने योजना बनाएको छ ।

हालसम्म, गैर–जीवाश्म ईन्धन स्रोतहरूबाट कूल १७२.७२ गिगावाट क्षमता स्थापित गरिएको छ । जसमध्ये ६१.६३ गिगावाट सोलार, ४१.८४ गिगावाट वायु र साना करिब १५ गिगावाट गरी कूल ११९.०९ गिगावाट नवीकरणीय उर्जा स्थापित गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij