• Wednesday 9th of September 2026

अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा दाबी पेश गर्दै शीर्ष नेता शीतल निवासमा


  • आशाका किरण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ प्रधानमन्त्रीको रुपमा दाबी पेश गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि नेपालको संविधानअनुसार आज साँझसम्मको समयसीमा तोकी दाबी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएबमोजिम उहाँहरू दाबी पेश गर्न पुग्नुभएको हो । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आज भएको दलहरुको सहमतिअनुरुप ओलीसहितका विभिन्न पार्टीका शीर्ष नेता राष्ट्रपति निवास जानुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति भवनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक जनमुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेता हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij