• Wednesday 9th of September 2026

सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छ : अध्यक्ष लिङ्देन


  • आशाका किरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले संसद्मा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहमा विगत झैँ दृढताका साथ उभिने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन, सबैको विचारभन्दा माथि देश छ, देशभन्दा माथि नागरिक छन्, त्यसैले देशलाई शिरमा राखेर मुलुकका यावत् समस्यालाई सामूहिकरुपमा समाधान गर्ने दिशातर्फ अग्रसर हुनसक्नुपर्छ ।”

अध्यक्ष लिङ्देनले संसद्मा पार्टीको अपेक्षित सङ्ख्या नभए पनि जनमतको सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सबै राजनीतिक दल मिलेर देशको समस्या समाधान गर्ने जनादेश रहेको भन्दै उहाँले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने बताउनुभयो । “जनताले कुनै एउटै राजनीतिक दलमाथि विश्वास गर्न सकेनन् र अहिलेको जनमतले पनि त्यही भनेको छ । सबै राजनीतिक दल मिलेर मात्रै देशको समस्याको निकास गर्न सकिन्छ भन्ने जनादेश छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

उहाँले जनताले कृषिका लागि बीउ, मल पाउन नसकेको र विकास निर्माणको काम पनि सुस्त रहेको भन्दै यी सबै समस्याको समाधान गर्न आफूहरु प्रतिनिधिसभामा आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij