• Tuesday 8th of September 2026

पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु


  • आशाका किरण

पाकिस्तानी प्रधानमन्त्रीले यहाँ देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गर्नुभएको बताइएको छ । प्राप्त समाचारअनुसार उहाँले यहाँ यो अभियान तीन दिनसम्म सञ्चालन गरिने छ ।

पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो ।प्रधानमन्त्री सरिफले सो अभियानको थालनी गर्दै आगामी दिनमा यो अभियानलाई सशक्त बनाइ लैजानका लागि यहाँका केन्द्रीय र प्रान्तीय सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले पोलियोको उन्मूलनका लागि केन्द्र सरकार तथा प्रान्तीय सरकारमात्र सम्भव नभएको र यसका लागि यहाँका सबै पाकिस्तानी नागरिकको पनि उत्तिकै दायित्व रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री सरिफले विश्वमा पोलियो रोग उन्मूलन भइसकेको भएपनि केही देशमा मात्र यो सङ्क्रमण रहेको र ती निकै थोरै देशमा पाकिस्तान पनि परेकाले यसको उन्मूलनका लागि सबै नागरिकको सामूहिक पहल हुनुपर्ने बताउनुभयो ।

उहाँले पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा मात्र २० जनामा पोलियोको सङ्क्रमण देखिएको जानाउँदै विशेष गरी त्यस क्षेत्रका सरकार र नागरिक बढी सचेत र सजग हुनुपर्छ भन्नुभयो । उहाँले पाकिस्तानमा पोलियोका सङ्क्रमितहरु देखिएको विषयमा विश्व स्वास्थ्य सङ्गठनको पनि चासो रहेको र यसको उन्मूलनका लागि सो सङ्गठनले गरेको सहयोगको पनि सराहना गर्नुभयो ।

पाकिस्तानमा केही वर्षयतादेखि पोलियोका रोगीहरु देखिएका छन् । सो सङ्ख्या बढ्दै जान सक्ने खतरा रहेकाले पाकिस्तान सरकारले गतवर्षदेखि नै पोलियो उन्मूलनका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij