• Friday 24th of July 2026

नेप्सेमा दोहोरो अङ्कको सुधार


  • आशाका किरण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ ।

त्यसैगरी, बैंकिङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अङ्कले बढेको छ । आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अङ्कले बढेको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको रु छ करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij