• Wednesday 9th of September 2026

राजस्व लक्ष्यभन्दा कम


  • आशाका किरण

आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रु चार अर्ब ३५ करोड नौ लाख ४० रहेकामा सो कार्यालयले उक्त अवधिमा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै रु ३१ करोड कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत रु ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत रु एक करोड दुई लाख ८४ हजार, ब्याज करवापत रु चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत रु ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत रु ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत रु चार हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ । बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij