• Wednesday 9th of September 2026

बीस अङ्कले घट्यो नेप्से


  • आशाका किरण

यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ।

आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५४ दशमलव ९९ र निजीवन बीमा समूहको उपसूचक ४७ दशमलव २४ अङ्कले घटेको छ । बैंकिङ समूह २३ दशमलव ८९, होटल तथा पर्यटन समूह १८ दशमलव ९१, जलविद्युत् समूह ४१ दशमलव ६८, लगानी समूह शून्य दशमलव ७४ र जीवन बीमा समूह ३६ दशमलव ७४ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३५ दशमलव ७२, लघुवित्त समूह ३५ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०२ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६१ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू पाँच करोड पाँच लाख ६२ हजार बराबरको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेड प्रमोटर शेयर एक लाख ७४ हजार छ सय १० कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij