• Tuesday 8th of September 2026

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने


  • आशाका किरण

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्। राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ।
द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उहाँका सहयोगीहरूले मङ्गलबार बाइडेनको सन् २०२० अभियान शुरुवातको चार बर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन्। राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालको लागि उम्मेदवार हुने योजनाको सङ्केत गर्नु भएको छ तर आधिकारिक घोषणा भने गर्नु भएको छैन ।
राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडको लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि व्हाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन्।
बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओ’माली डिलनले पुन: निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्ता सहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् । उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij