• Wednesday 9th of September 2026

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य: उपराष्ट्रपति


  • आशाका किरण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ ।

स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पु-याएको योगदानको चर्चा गर्नुभयो ।

पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

“राजनीतिकर्मी एवं समाजिक अगुवासमेत रहनुभएको प्रेमकृष्ण पाठक हामीमाझ हुनुहुन्न, व्यक्ति महत्वपूर्ण पदमा हुन पनि सक्छन्, नहुन पनि सक्छन्, तर विचार मुख्य कुरा हो, तर उहाँले देश सेवामा पु¥याउनुभएको योगदान सदैव चिरस्मरणीय छ”, उहाँले भन्नुभयो ।

स्व पाठकको राजनीतिक योगदान प्रशंसायोग्य रहेको बताउँदै उहाँ बालसुलभ चेतना भएको नेता र कुशल अभिवक्ता भएको स्मरण गर्नुभयो । उपराष्ट्रपति यादवले भन्नुभयो, “उहाँले नेपाल बार एशोसिएसनको अध्यक्षका रुपमा रहेर देशको सेवा गर्नुभएको थियो, एक कुशल अभिवक्ता भएका कारण उहाँले विभिन्न लेखन कार्यमा समेत उत्तिकै महत्वपूर्ण योगदान दिनुभएको थियो ।”

सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्व नेता पाठकले कानुन, नेपाली साहित्य र राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

पुस्तकमा स्व पाठकद्वारा लेखिएका र प्रकाशित भएका ६३ वटा लेख, उहाँसँग विभिन्न समयमा लिइएको अन्तर्वार्ता समावेश गरिएको छ भने ४३ वटा स्व पाठकका बारेमा विभिन्न व्यक्तिहरुले लेख्नुभएको भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij