• Tuesday 8th of September 2026

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती


  • आशाका किरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन र साना उद्योगलाई जोडेर प्रचारप्रसार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

पर्यटन उद्योग विस्तारै लयमा फर्किएको उल्लेख गर्दै उहाँले पर्यटन उद्योग प्रवद्र्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । महासङ्घले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ लाई मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा महासङ्घको प्रतिनिधिमण्डलले नेपाल प्रवद्र्धन कार्यक्रमको कार्यान्वयनको मोडालिटीबारे छलफल पनि गरेको थियो । महासङ्घले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी शृङ्खला ‘नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव– २०८०’ यस वर्ष ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ को नामबाट नेपाल सरकारसँगको सहकार्यमा आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij