• Tuesday 8th of September 2026

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या


  • आशाका किरण

मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उहाँले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पु¥्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “आरएसएफले छिटो र पारदर्शी अनुसन्धानको माग गर्दछ ।”

गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उहाँको कामसँग सम्बन्धित थियो वा उहाँको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij