• Tuesday 8th of September 2026

चट्याङ लागेर दश जनाको मृत्यु


  • आशाका किरण

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ । सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij