• Tuesday 8th of September 2026

स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो


  • आशाका किरण

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताउनुभएको छ ।

भ्लादिभोस्तकमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका बताउनुभयो ।

पछिल्ला छ महिनमा दुई लाख ७० हजार नागरिकले स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न सम्झौता गरेका, सेनामा अनुबन्ध हुन चाहनेको सङ्ख्या बढिरहेको छ, दैनिक रुपमा एक हजार देखि एक हजार पाँच सय सम्म सम्झौता गर्न आइरहेका छन्,” सैन्य भर्तीबारे विस्तृत विवरण उल्लेख नगरी रुसी राष्ट्रपति पुटिनले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij