• Tuesday 8th of September 2026

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट


  • आशाका किरण

काठमाडौँ, २६ भदौ : सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो ।

आज दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४, जलविद्युत् एक दशमलव ५६, लगानी एक दशमलव ३१ र जीवन बीमा समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त एक दशमलव ४०, निर्जीवन बीमा एक दशमलव ४०, व्यापार शून्य दशमलव ७८ र अन्य समूहको उपसूचक शून्य दशमलव २४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य आज नौ दशमलव ९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको रु सात करोड ५६ लाख १८ हजार नौ सय २० बराबरको दुई लाख २४ हजार नौ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij