• Friday 24th of July 2026

अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो


  • आशाका किरण

अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ ।

कुनै पनि हालतमा राजीनामा नदिने भन्दै आएका म्याककार्थीका लागि यसबाहेक कुनै विकल्प बाँकी थिएन । उहाँलाई निष्कासन गर्ने रिपब्लिकनहरू उहाँको पक्षमा थिएनन् भने डेमोक्र्याट सांसदहरू पनि उहाँलाई पदमा राखिरहन वार्ताका लागि तयार थिएनन् ।

मङ्गलबार बेलुका सांसदहरूलाई उहाँले सभामुखका लागि फेरि उम्मेदवार नबन्ने बताउनुभएको थियो । रिपब्लिकनहरूको बहुमत रहेको तल्लो सदनलाई नेतृत्व गर्ने स्पष्ट उत्तराधिकारी नहुँदा अर्को चरण थप अन्योल भएको छ ।

रिपब्लिकनहरूले अर्को सभामुख चयन नगरुन्जेल सदनको कारबाही अर्को सातासमम्मका लागि स्थगित गरिएको छ ।

“मैले मतदानमा बहुमत गुमाएको हुन सक्छ तर यो कक्षबाट बाहिर निस्कँदा सभामुख पदको सेवा गर्न पाएकामा आफूलाई भाग्यमानी महसुस गरेको छु”, पत्रकार सम्मेलनमा म्याककार्थीले भन्नुभयो, “म केही पनि परिवर्तन गर्दिन ।”

म्याककार्थीका मुख्य प्रतिद्वन्द्वी फ्लोरिडा राज्यका रिपब्लिकन सांसद म्याट गेट्जले सभामुख पद खाली गराउन दुर्लभ मतदानको व्यवस्था गरे र नाटकीयरूपमा दिउँसो त्यसलाई अगाडि बढाएका थिए ।

गत जनवरीमा रिपब्लिकनहरूको झिनो बहुमतमा म्याककार्थी सभामुख बन्नुभएको थियो । त्यतिबेला उहाँलाई सभामुख बन्न रोक्न खोज्ने आठ जना कट्टर दक्षिणपन्थी रिपब्लिकनहरूले यस पटक अनिवार्यरूपमा सभामुखबाट हटाए ।

बैठकको अध्यक्षता गरेका अधिकारीले म्याककार्थीका पक्षमा दुई सय १० र विपक्षमा दुई सय १६ मत आएको भन्दै सभामुख पद रिक्त भएका घोषणा गरेका थिए ।

त्यसको केही समयमा म्याककार्थीका शीर्ष सहयोगी रिपब्लिकन सदस्य प्याट्रिक म्याकहेनरी आर एन सीलाई सदनको नियमानुसार अर्को सभामुख चयन नभएसम्मका लागि काम गर्न नियुक्त गरियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij