• Friday 24th of July 2026

गोठाटारको विद्या विकास स्कुलले २०८२ बैशाख ४ गते बृहत नि:शुल्क स्वास्थ शिविर आयोजना गर्दै,२० भन्दा बढी डाक्टरले सेवा दिने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको विद्या विकास इङलिस स्कुलले बृहत् स्वास्थ शिविर आयोजना गर्ने भएको छ । काठमाडौं मिडिकल कलेज सिनामंगलसंगको सहकार्यमा विद्या विकास स्कुलले विद्यालय प्राङ्गणमा स्वास्थ शिविर आयोजना गर्न लागेको हो ।

शिविरमा मुटुरोग,नाक कान घाँटी,प्रसुती तथा स्त्री रोग,जनरल मेडिसिन,छाला रोग,दन्त रोग परिक्षण ,आँखा परिक्षण लगायतका सुविधाहरु उपलब्ध हुने विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले बताए । शिविर विहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म चल्ने स्कुलका प्रधानाध्यापक दाहालले आशाका किरण मिडियालाई बताए । सामाजिक उत्तरदायीतत्व पूरा गर्न र समाजमा योगदान दिन कार्यक्रम आयोजना गरिएको विद्यालयको दाबी छ । शिविरमा १ हजार बढीलाई सेवा दिने आयोजकको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij