• Friday 24th of July 2026

खुला बोलपत्र आव्हान नगरी बुढानीलकण्ठ नगरपालिकामा ८२ लाखको सेवा तथा वस्तु खरिद


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । बागमती प्रदेशको काठमाडौं जिल्लामा रहेको बुढानीलकण्ठ नगरपालिकाले खुला बोलपत्र छल्न एउटै प्याकेज नबनाई विभिन्न शिर्षकमा टुक्रे सामाग्री खरिद गर्ने गरेको पाईएको छ ।

गत आर्थिक वर्षमा बुढानीलकण्ठ नगरपालिकाले बुढानिलकण्ठ नगर अस्पतालको नाममा विभिन्न सामाग्री टुक्रे योजना बनाएर खरिद गरेको पाईएको छ ।
सार्वजनिक खरिद ऐन, २०६४ को दफा ८ (२) बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्न नहुने उल्लेख छ ।

त्यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को निमय ३५ बमोजीम बीस लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएको जुनसुकै सेवा खरिद खुला बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने व्यवस्था छ ।

पालिकाले नगर अस्पतालका लागि प्रविधि खरिदमा रु. ४८०९००६।०० तथा विभिन्न सामाग्री खरिदमा रु.३४१४२१८.०० सोझै खरिद गरेको छ । एउटै कार्यालयका लागि खरिद गर्दा प्याकेज बनाई खरिद गर्नुपर्नेमा टुक्रा पारी खरिद गरेको देखिन्छ ।

एकै प्रकृतिका सेवा तथा वस्तु खरिद गर्दा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा पटक पटक सोझै खरिद गरी खर्च लेखेको छ ।

बोलपत्र नगरी सोझै खरिद गर्दा सेवा वा वस्तु खरिदमा प्रतिस्पर्धा र मितव्ययी नहुने भएकोले प्रतिस्पर्धी खरिद विधि छनौट गरी खरिद गर्नु पर्ने भएतापनी मिलोमतोमा टुक्रा बनाई खरिद गरिएको पाईएको छ ।

सुशासनको गफ दिएर नथाक्ने नगर प्रमुख र उप प्रमुखले यसबारे मुख खोलेका छैनन् ।
हेर्नुस के- के शिर्षकमा भएको रहेछ खरिद :


यस्ता खाले खरिदले जनताले तिरेको करको सदुपयोग नभएको देखिन्छ ।

नेताको संरक्षणमा कर्मचारीले यस्तो खरिद गरेर जनताले तिरेको करको दुरुपयोग गरेको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij