• Friday 24th of July 2026

काठमाडौं मेडिकल कलेजमा ठुला अस्पतालमा हुने सबै सेवा उपलव्ध छ : नारायण प्रसाद दाहाल


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौं मेडिकल कलेजका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले काठमाडौं मेडिकल कलेज सिनामंगलमा ठुला अस्पतालमा हुने सबै सेवा रहेको बताउनु भएको छ । आज काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा विद्या विकास स्कुल गोठाटारमा आयोजना भएको निशुल्क स्वास्थ शिविर कार्यक्रम उद्घाटन गर्दै प्रशासन प्रमुखले सो कुरा बताएका हुन् । कार्यक्रममा सम्बोधन गर्दै नारायण प्रसाद दाहालले नेपालको स्वास्थ क्षेत्रमा काठमाडौं मेडिकल कलेजले पुर्याएको योगदानको बारेमा समेत प्रस्ट पारेका थिए । शिविरका ओपीडी कार्ड लिएर जाने विरामीलाई २५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको नारायण दाहालले बताउनु भयो । गोठाटारमा संचालित शिविरमा निशुल्क दन्त रोग,आँखा,नाक,कान,घाँटी,गनरल मेडिसिन,इसिजी,भिडियो एक्सरे,शल्य परामर्श लगायतको सेवा उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij