• Friday 24th of July 2026

च्यासलमा रोशन बस्नेत र प्रकाश गौतमले मेटे पार्टी अध्यक्षलाई लक्षित गरि भित्तामा लेखिएको भित्ते लेखन


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका पुर्व उपाध्यक्षहरु रोशन बस्नेत र प्रकाश गौतमले नेकपा एमालेको  केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष विरुद्ध लेखिएको अक्षर रंग लगाएर मेटेका छन् । अरु नेताले पार्टी कार्यालय गएर फोटो खिच्ने काम मात्र गरे तर पार्टी र पार्टी नेतृत्व विरोधी भित्ते लेखन देखेर आफुहरुले रंग रोगन गरेको प्रकाश गौतमले बताए । पार्टी कार्यालयमा पार्टी विरोधी भित्ते लेखन आफुलाई सह्य नभएर रंग लगाउन निस्केको एमाले युवा नेता रोशन बस्नेतले आशाका किरण मिडियालाई बताए । दुबै नेता पछिल्लो समय पूर्व राष्ट्रपति विद्या भण्डारी निकट मानिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij