• Friday 24th of July 2026

ह्यारी केनले गोल गरेपछि हारबाट जोगियो टोटनह्याम


  • आशाका किरण

ह्यारी केनले अन्तिम समयमा गोल फर्काएपछि टोटनह्याम सम्भावित हारबाट जोगिएको छ।

ईङ्लिश प्रिमियर लिग अन्तरगत शणिबार राती भएको खेलमा टोटनह्याम नर्विच सिटीसँग २-२ को बराबरीमा रोकिएको हो।

यस खेलमा पहिलो अग्रता भने नर्विच सिटीले खेलको १८ औं मिनेटमा लियो।

मारियो भ्रान्सिचको गोलमा टोलीले अग्रता लिएको हो।

यस अग्रतालाई टोटनह्यामले क्रिष्टियन एरिक्सनले ५५ औँ मिनेटमा गरेको गोलमा बराबरी गर्‍यो।

त्यसपछि टोटनह्यामका टोटनह्यामका सर्जो ओरिएरले ६१ औं मिनेटमा गोल गरेपछि नर्विचले अग्रता लियो।

सो अग्रतालाई ८३ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई फेरी बराबरी ल्याए। उनले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका हुन्।

बराबरीपछि नर्विच सिटीको सात खेलपछि लिगमा जित हात पार्ने सपना अधुरै रह्‍यो।

लिगमा टोटनह्यामले २० खेलबाट ३० अंक जोडेको छ। ऊ लिगको छैटौं स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij