१३ पुस, काठमाडाैं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको लेस्टर सिटी र म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।
लेस्टरले वेष्टह्याम युनाइटेडलाई उसैको मैदानमा २-० ले पारजित गरेको हो । लेस्टरका लागि केहेलेची इहेनाचोले ४०औं र डेमेराई ग्रे ले ५६औं मिनेटमा गोल गरे ।
यस्तै बर्नलीलाई २-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लेको छ । जितपछि २० खेलबाट ३१ अंक जोडेको युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ । युनाइटेडलाई जित दिलानउ एन्टोनी मार्सिएल र मार्कुस रासफोर्डले गोल गरे ।
