भारतमा भइरहेको एसियन कराँते च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । भारतको गुजरातमा भइरहेको एसियन करातेम कुमुतेतर्फ आधा दर्जनभन्दा बढी स्वर्णपदक हात पार्न सफल भएका छन् भने कातामा ४ जना नेपाली खेलाडीले दोहोरो स्वर्णपदक हात पारेका छन् ।स्वर्णपदक हात पार्नमा अनमोल शिवाकोटी ,भुवन कट्टेल, एमडी अमन, किशोर कोइराला, महेश यादव, विवेक थापाले महत्वपूर्ण योगदान दिएका थिए । यस्तै, कातामा भुवन कट्टेल, महेश यादव, एमडी अमन र विवेक थापाले दोहोरो स्वर्णपदक हात पारेको निर्णायक तथा कराते प्रशिक्षक वीरेन्द्र कर्णले जानकारी दिएका छन् ।
