• Friday 24th of July 2026

मिडियाले सही सूचना प्रवाहमा जोड दिनुपर्छ : सञ्चारमन्त्री


  • आशाका किरण
PkmPd pb3f6g ub}{ ;~rf/dGqL afF:sf]6f nDsL, !$ k'; M ;"rgf tyf ;~rf/ k|ljlwdGqL uf]s'nk|;fb afF:sf]6f s}nfnLsf] nDsLdf ;~rflnt nDsL PkmPdsf] ;f]daf/ pb3f6g ub}{ . t:aL/ M b'uf{ b]jsf]6f÷/f;;

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवाजलाई निष्पक्ष तरिकाले सही रुपमा सूचना प्रवाह गर्नमा मिडियाले जोड दिनुपर्ने बताउनुभएको छ । कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न आग्रह गर्नुभयो । सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्ने मा उहाँले जोड दिनुभयो । ‘‘भ्रष्टाचार अन्त्यको कुरा आइरहेको छ, भ्रष्टाचार जसले गरेको भए पनि कारवाही हुनैपर्छ’’, सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, ‘‘भ्रष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले लखेट्नुपर्छ ।’’

सरकारका प्रवक्ता बाँस्कोटाले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिन नदिन सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय तहले छाउप्रथा मान्ने र मान्न लगाउने जो कोहीको घरको सामाजिक सुरक्षा भत्ता कटौती गरेमा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘परिणाम देखिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ ’’, उहांँले भन्नुभयो, ‘‘स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न सकिँदैन ।’’ ‘लम्की एफएम’का प्रबन्धक तीर्थ जैसीको सभापतित्वमा भएको कार्यक्र्रममा उहांँले सुदूरपश्चिमका सांस्कृतिक तथा पुरातात्विक बस्तुको प्रदर्शन गर्न सके पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij