• Friday 24th of July 2026

पछ्यौटेपनविरुद्धको लडाईंले मात्र समृद्धि आउँछ : सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटा


  • आशाका किरण
wgu9L, !$ k'; . ;~rf/ tyf ;"rgf k|ljlwdGqL Pjd g]kfn ;/sf/sf k|jStf uf]s'nk|;fb afF:sf]6f ;f]daf/ wgu9Ldf cfof]lht …;'b"/klZr k|b]zsf] ljsf; / ;d[l4df ldl8ofsf] e"ldsf… ljifos uf]i7Ldf dGtJo JoSt ug'{x'Fb} . t:jL/ M l;4/fh e§, /f;;

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजिक पछ्यौटेपनविरुद्धको लडाईंबाट नै सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार हुनसक्ने बताउनुभएको छ । प्रेस क्लबद्वारा आज यहाँ आयोजित ‘सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडिया’को भूमिका विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “विकास हुन नसक्नुको कमजोरी र सुधार गर्नुपर्ने पक्ष पत्ता लगाई समृद्धिको यात्रामा हिँड्न जरुरी छ ।” नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले समाजिक ‘सोसाइटी’लाई उन्मुक्ति गर्न सकिएमा समृद्धि आउन सक्ने बताउँदै विकासका लागि सञ्चारमाध्यम ‘पार्टनर’ बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मिडियाको भूमिका जे छ त्यो गर्नुपर्छ, सकारात्मक सन्देश दिन जरुरी छ ।” सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक पत्रकारितासंग सम्बन्धित विषय नभएको उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले अहिले व्यवस्थित सोचका साथ सरकारले काम गरिरहेको उल्लेख गर्दै एउटा पाटोबाट मात्र नभई अनेकौँ पाटोबाट समाज विकासको कुरा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र निर्माणको नयाँ युगको शुरुआत प्रधामन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो । त्यसमा हामी सबैले साथ दिन सक्नुपर्छ ।” सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले समाज विकासका लागि मिडियाको भूमिका ‘रामवाण’ हुने भएको बताउँदै प्रदेशको समग्र विकासमा सरकारले मिडियाको सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, नेकपाका केन्द्रीय सदस्य महेश्वर पाठक, प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकी, पत्रकार उमीद बागचन्द, दीर्घराज उपाध्याय, हेमन्त पौडेललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij