• Friday 24th of July 2026

मनाङसँग बराबरीमा रोकियो फ्रेन्ड्स क्लब


  • आशाका किरण

साविक विजेता मनाङ मर्स्याङ्दी क्लब फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा बराबरीमा रोकिएको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ रोकिएको हो ।खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले अंक बाडेको हो । खेलको ११ औं मिनेटमा रन्जन बिष्टले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले जगजित श्रेष्ठको कर्नरमा गोल गरेका थिए ।तर, दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए । फ्रेन्ड्सबाट पहिलो खेल खेलिरहेका उनले रमेश बर्तौलाको क्रसमा हेड गोल गरेका थिए ।फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको  मनाङले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्रको ९ अंक रहेको छ  ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij