• Tuesday 8th of September 2026

चिकित्सकले सही रिर्पोट लेख्नुहोस् : महान्यायधिवक्ता खरेल


  • आशाका किरण
cGt/lqmof sfo{qmddf dxfGofoflwjQmf ;'?ªuf, @& k'; M ;d'bfo k|x/L ;fem]bf/LcGtu{t sfg'gL lrlsT;f Joj:yfsf ljifodf ;/f]sf/jfnf lgsfo;Fu ul/Psf] cGt/lqmof sfo{qmddf af]Nb} dxfGofoflwjQmf clUgk|;fb v/]n . latf{df]8df /x]sf] laP08;L c:ktfnsf] ;dGjodf lhNnf ;/sf/L jlsn sfof{no / lhNnf k|x/L sfof{no emfkfn] ;+o'Qm?kdf sfo{qmd cfof]hgf u/]sf x'g . t:jL/ M ;'/]Gb| e08f/L ÷/f;;

महान्यायधिवक्ता अग्नि खरेलले चिकित्सकहरुले सही रिर्पोट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभयो । आज झापाको विर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयु्क्तरूपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाको बारेमा सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममा उहाँले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र ल्याब टेस्ट गरेर मात्र रिर्पोट नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको हो । ‘मैले चिकित्सकलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हूँ’ उहाँले भन्नुभयो, “जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो चेकजाँच गरेर जे देखिन्छ त्यही डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।” उहाँले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ रिर्पोट दियो भने घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तहरुलाई दण्ड दिन सकिने बताउनुभयो ।

महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही चेकजाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गर्नुभयो । उहाँले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गर्नुभएको थियो । उहाँले मिडियाले घटना सार्वजनिक गर्ने मात्र भएको बताउँदै अनुसन्धान र कारबाही गर्ने काम प्रहरी र सरकारको भएको बताउनुभयो । राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला शर्माको घटनालाई अनावश्यक गिजोलिरिहेका कारण अनुसन्धान प्रभावित भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij