• Tuesday 8th of September 2026

निर्वाचित भएको १०० दिनको अवसरमा महिलाका लागि निःशुल्क बस सञ्चालनमा ल्याए रवि लामिछानेले:जनता खुसी


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

बुधबार चितवनमा आयोजित कार्यक्रमकाबीच लामिछानेले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्नुभएको हो । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सञ्चालन सुरु भएको छ ।

लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा कार्यान्वयनमा ल्याएको जनाउनुभएको छ । लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गर्नुभएको छ । त्यस्तै पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

सो क्रममा लामिछानले आफुले सुुरु गरेका कार्यक्रमहरुलाई निरन्तरतामा ध्यान दिइने बताउनुभयो । लामिछानेले योजनाबद्ध ढंगले आफुले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने जिकिर गर्नुभयो ।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताउनुभएको छ । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो ।

उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको बुधबार एक सय दिन पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij