• Friday 24th of July 2026

नौ लडाकूद्वारा आत्मसमर्पण


  • आशाका किरण

२८ पुस (रासस÷सिन्ह्वा) अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ । आइएसका नौ लडाकूले आइतबार कुनारको प्रान्त मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेका छन् । हालका केही महिनायता १३ सय भन्दा बढी आइएस लडाकू समूहले हातहतियारसहित कुनार र छिमेकी प्रान्त नान्गाहार स्थानीय सरकारी अधिकारीहरुसमक्ष आत्मसमर्पण गरेका जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij