• Friday 24th of July 2026

दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना


  • आशाका किरण

१ माघ (रासस÷सिन्ह्वा) : दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ । कोरियामा सन् २०१९ मा रोगजारमा आवद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार बृद्धि हुदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरुको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्याङ्कमा देखाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij