सुदर्शन बजगाई,नवलपरासी । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल स्काउटले लोकबहादुर भण्डारीको नेतृत्वमा पुनर्जागरण पाएको बताउनुभएको छ । नवलपरासीको वर्दघाटमा रहेको सशस्त्र प्रहरी बलको सिमा सुरक्षा तालिम केन्द्रमा माघ ४ गते नेपाल स्काउटले आयोजना गरेको तालिमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले लोकबहादुर भण्डारीले स्काउटको आधारभुत तालिम प्रदेश स्तरमा आयोजना गरेर आफुलाई प्रमाणित समेत गरेको बताउनु भएको हो । प्रदेश नम्बर ५ का हरेक पालिकाबाट ७०० भन्दा बढी सहभागी रहेको आधारभूत तालिमको उत्घाटन गर्ने क्रममा मुख्यमन्त्री पोखरेलेले चरित्र निर्माण र असल नागरिक निर्माणमा स्काउटको भुमिकाको मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए । माघ ३ गतेबाट सुरु भएको आधारभुत तालिम माघ ८ गतेसम्म चल्ने छ ।
