• Tuesday 8th of September 2026

मनाङ र च्यासलको संघर्षपूर्ण जित


  • आशाका किरण
sf7df8f}F !), df3 . zlxb :df/s P l8lehg lnu cGtu{t z''qmaf/ lqk''/]Zj/l:yt bz/y /+uzfnfdf dgfªu d:of{ªbL Sna / ;/:jtL o''y SnaaLrsf] km'6an v]ndf annfO{ cufl8 a9fpFb} ;/:jtL o''y Snasf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f, /f;;

सहिद स्मारक ए डिभिजन लिग अन्र्तगत साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्बलमाथि जित निकालेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वती माथि १—० को जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेका त्रिभुवन आर्मी क्लबसँग अंग बराबरी गरेको छ । मनाङको जितमा स्ट्राइकर विमल रानाले निर्णायक गोल गरे । लिगमा एक मात्र अपराजित टोली मनाङले पाँचौ खेलमा आएर भने जितको लयमा फर्किएको छ । जितपछि ८ खेलमा १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलको त्रिभुवन आर्मी क्लब र ८ खेल खेलेको मच्छिन्द्र समान १६ अंकका साथ क्रमश पहिलो र दोस्रो स्थानमा छन् । १४ अंक जोडेको थ्री स्टार चौथो र १२ अंकका साथ जावलाखेल युथ क्लब पाँचौ स्थानमा छ । लिगमा अझै सम्म पनि जितको खाता खोल्न नसकेको सरस्वती क्लब रेलिगेशनको संघारमा छ र टोलीसँग मात्र १ अंक छ ।शुक्रबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्बाइज क्लब (बिबिसी) लाई १–० ले हराएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गरेको गोलले च्यासललाई जित दिलायो । यस जितपछि ८ खेलमा ९ अंक जोडेको च्यासल नवौ स्थानमा उक्लिएको छ भने बिबिसी समान खेलमा ८ अंकका साथ १० औं स्थानमा झरेको छ । प्रतियोगितामा शनिबार न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी तथा फ्रेन्ड्स  र संकटा क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij