• Friday 24th of July 2026

बाँकेमा कुष्ठरोगको रोकथाम चुनौतीपूर्ण


  • आशाका किरण

बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन । रोकथामका लागि सरोकारवाला निकायले पहल गर्दै आए पनि नतिजा भने सोचेजस्तो आउन सकेको छैन । बाँकेमा विभिन्न ठाउँबाट मानिसहरु स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका विरामीहरु बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताउनुभयो । बाँकेमा गत वर्ष १२५ जना कुष्ठरोगका बिरामीहरु थिए भने यो आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ११४ बिरामीहरुले विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । प्रमुख शाहका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेको बिरामीहरुलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अभैm हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ ।

अर्काेतर्फ स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीहरुलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तर अघि बढिरहेको छ । प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ । कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीहरुको उपचार सरकारले निःशुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दागहरु देखापर्नु, हातखुट्टामा नदुख्ने घाउहरु देखापर्ने हुन्छ । यस्तो लक्षण देखापर्ने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने सवास्थ्यकर्मीहरुको सुझाव छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij