• Saturday 25th of July 2026

त्रिभुवन आर्मी क्लब ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा,सरस्वतीको हिमालयन शेर्पामाथि नाटकिय ४–३ को जित(भिडियो)


  • आशाका किरण
annfO{ cufl8 a9fpFb} lxdfnog z]kf{ Snasf v]nf8L sf7df8f}F !$ df3 M ;xLb :df/s P l8lehg lnucGtu{t dËnaf/ nlntk'/sf] ;ftbf]af6f]l:yt PGkmf sDKn]S;df lxdfnog z]kf{ Sna / ;/:jtL o'y SnaaLrsf] v]ndf annfO{ cufl8 a9fpFb} lxdfnog z]kf{ Snasf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।कप्तान भरत खवासको निर्णायक गोलको मद्दतमा जाउलाखेल युथ क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा उक्लिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा अन्तिम १५ मिनेट बाँकी रहँदा आर्मीले गोल गर्दै लिगको शीर्ष स्थानमा फर्किएको हो । दोस्रो स्थानको मच्छिन्द्र भन्दा एक अंकले अगाडि रहँदा आर्र्मीले २० अंक जोड्न सफल भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलको आर्मी दोस्रो हाफमा मात्र गोल गर्दै अग्रता लिन सफल भएको हो । पहिलो हाफमा जावलाखेलले उत्कृष्ट खेल्दै आर्मीमाथि दबाब राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा झिनो अन्तरले अंक सुम्पिन बाध्य भयो ।

७५ औं मिनेटमा भरतले गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए । नवौ चरणको खेल चलिरहँदा साविक विजेता मनाङ मस्र्याङ्दी र मच्छिन्द्रबीचको समिकरणले लिगको उपाधि होड रोमाञ्चक बन्दै छ । मच्छिन्द्र समान ९ खेलबाट १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा एक कम खेलेको मनाङ १६ अंकका सात तालिकाको तेस्रो स्थानमा छ । मनाङले बुधबार संकटाको सामना गर्न बाँकी छ ।लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलोे खेलमा सरस्वतीले हिमालयन शेर्पामाथि नाटकिय ४–३ को जित निकालेको छ । आठौं चरणको चरणको खेल सकिँदा सम्म मात्र दुई गोल गरेको सरस्वतीले मंगलबार मात्र चार गोल गर्दै हिमालयन शेर्पामाथि ४–३ को जित निकाल्न सफल भएको हो । यस अघि सरस्वतीले फ्रेन्ड्स र एपिएफविरुद्ध एक÷एक गोल गरेको थियो । मंगलबारको जितसँगै सरस्वतीले जारी लिगमा पहिलो जित निकालेको छ । यस्तै एक खेलमा बराबरी खेलेको सरस्वतीको ४ अंक भएको छ ।

सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गर्दा विनोद केसी र मनिष थापाले समान एक÷एक गोल गरे । यस्तै हिमालयनका लागि आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक÷एक गोल फर्काए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij