• Saturday 25th of July 2026

नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने


  • आशाका किरण

नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ गते महाशिवरात्रीका दिन सेना दिवस मनाउने र सोही अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको जनाएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले फागुन ३ गते अयोजना गरिने पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगितामा सेलीब्रेटी, कुटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी अधिकारीहरु, गैर सैनिक नागरिक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता रहने बताउनुभयो ।प्रवक्ता पाण्डेले सेना दिवसको दिन काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिने समेत जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij