• Friday 24th of July 2026

जेभियर इन्टरनेशनल स्कुलका विद्यार्थीले दाउरा बालेर आगोमा पकाएको खानाको परिकार देखेर सेफनै अचम्मित,दंग परे अभिभावक(फोटो फिचर)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । घरमा कहिल्यै काम नगर्ने आफ्नो नाति देखेर हजुरबुबा छक्क परे । माघ महिनाको चिसो हावा लगेको थियो तर ती बालकलाई न हावाको पर्वाह थियो न त घामको । उनको उद्धेश्य थियो जसरी भपनी प्रतियोगितामा मिठो परिकार बनाउने र मेडल जित्ने । हजुरबुबालाई नातिले भाँडा माजेको आफ्नो नातिको फोटो खिच्न भ्याई नभ्याई थियो । यस्तो दृश्य आज बौद्धमा रहेको जेभियर इन्टरनेशनल स्कुलमा देखिएको थियो जहाँ प्याट्रोल कुकिङ प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न समुहमा विभाजित विद्यार्थी समुहमा मिलेर काम गरेको देख्दा मनै फुरुङ हुने खालको दृश्य थियो । आमाबुबाले खाना बनाउँदा कस्तो दुख हुँदो रहेछ भनेर समेत आफुले यस कुकिङ प्रतियोगिताबाट ज्ञान पाएको र अबदेखी घरमा ममीले बनाएको खाना मिठो नभएपनी मीठो मानेर खानुपर्ने शिक्षा सिकेको एक विद्यार्थीले बताए । हरेक वर्ष जेभियर स्कुलमा संचालित स्काउट दलले विद्यार्थीलाई प्रयोगात्मक सीप सिकाउने उद्देश्यकासाथ कुकिङ प्रतियोगिता आयोजना गर्ने गरेको जेभियर स्कुल बौद्धकि निर्देशक गिता भण्डारीले आशाक किरणलाई बताईन ।

विभिन्न जनावरको नामबाट बिभाजित केटा र चराको नामबाट बिभाजित केटीको टोली एक आपसमा प्रतिस्पर्धा गरिरहेका भएतापनी प्यारोट टोलीले उपाधी जित्दा दोश्रो र तेश्रो स्थान केटीकै समुहले जितेको थियो । विद्यार्थीले बनाएको खानाको उत्कृष्टता छनोट गर्ने जिम्मा नेपाल सेफ संघका महासचिवले निर्णायकको भुमिका निर्वाह गर्दै लिएका थिए । निर्णय सुनाउने बेलामा नेपाली खाना यसरी स्कुले बालबालिकाले बनाएको देखेर अचम्मित भएको तर्क समेत उनले निर्णय सुनाउने बेलामा ब्यक्त गरेका थिए । जेभियर स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा विद्यार्थीलाई हौशला प्रदान गर्न बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा,बौद्ध क्षेत्र विकास कोषका कार्यकारी निर्देशक वसन्त लामा ,नेपाल स्काउटका लिडर शिवराम अर्याल,सुरज खनाल र काठमाडौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षासेवी खडगजित लामाले प्रयोगात्मक एवम् जिवन उपयोगी सीप सिकाएकोमा जेभियरलाई धन्यवाद ब्यक्त गरेका थिए ।बौद्ध क्षेत्र विकास कोषका कार्यकारी वसन्त लामाले बौद्धमा जेभियरका स्काउटलाई नयाँ सहयात्रीको रुपमा पाउँदा खुसी लगेको अनुभुती व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै कमनपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले बालबालिकाले पकाएको देखेर आफुले स्कुले दिनहरुमा खिर बनाएर खाएको दिनहरु सम्झेको बताउँदै यस्ता खाले प्रतियोगिताले विद्यार्थीको जिवनमा प्रभाब पार्ने कुरा ब्यक्त गरेका थिए । हांस्दै खेल्दै अध्यन अध्यापन गराउने र आगामी दिनमा समुदायसंग सहकार्य गरेर अघि बढ्ने  योजना सुनाउँदै जिभियर कलेजका सिईयो लोक बहादुर भण्डारीले कार्यक्रम समापन गरेका थिए ।कार्यक्रमको ब्यवस्थापन गोकर्णेश्वर ओपन  क्रयुले गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij