• Saturday 25th of July 2026

बिहान गुरुकूल, दिउँसो विद्यालय


  • आशाका किरण
uf]/If /Tggfysf j6'sx? ;+:s[tdf Znf]s eGb} 3f]/fxL, !( df3 M uf]/If/Tggfy dlGb/df /x]sf] j}lbs u'?s'nsf j6'sx? cfOtaf/ ;+:s[t efiffdf Znf]s eGb} . uf]/If/Tggfyn] ut jif{b]lv 3f]/fxLdf ;+:s[t efiffsf] sIff ;'? u/]sf] 5 . t:jL/M /Ltf nfdf÷/f;;

घोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । बिहानको समय उहाँ गुरुकूलमा बिताउनुहुन्छ । विद्यालयमा नेपाली, अङ्ग्रेजी, गणित सिक्ने उहाँ गुरुकूलमा भने वेद, गीताका श्लोक पढ्नुहुन्छ । संस्कृत भाषा सिक्नुहुन्छ । दाङमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरक्ष रत्ननाथ मन्दिरमा गत वर्षदेखि गोरक्षनाथ वैदिक गुरुकूल स्थापना भएको छ । गुरुकूल स्थापना भएदेखि यस क्षेत्रका करीब ४५ जना विद्यार्थी दिनहु गुरुकूलमा संस्कृत भाषा पढ्छन् । पद्मोदयमा कक्षा ७ मा पढ्ने प्रशंसा पोख्रेल ११ वर्ष पुग्नुभयो । उहाँ पनि बिहानको समय गुरुकूलमा बिताउनुहुन्छ । रझेना माविमा कक्षा ४ मा पढ्ने द्रोर्ण भण्डारीलाई बिहानको समयमा गुरुकूलमा वेद, रुद्री, गीता पढ्न निकै रमाइलो लाग्छ । गुरुकूलमा पढ्ने साना विद्यार्थी बिहान नित्यकर्म पछि लुङ्गी, कुर्ता, ढाकाटोपी, रामनाम लेखेको गेरु रङको गलबन्दी भिरेर संस्कृत पढ्छन् । त्यहाँ पढ्ने धेरै विद्यार्थी अहिले संस्कृत र हिन्दी भाषा स्पष्ट बोल्न भइसकेका छन् । उनीहरुले पढ्ने किताब संस्कृतमा छ । गुरुकूलमा दिनहुँ संस्कृत पढ्न आउने ११ वर्षीय प्रनिष योगी र सन्तोष गोराथोकी गोरखा माविमा पढ्नुहुन्छ । उहाँहरुलाई विद्यालयमा शिक्षकले अगाडि गएर स्वस्थी वाचन गर्न लगाउँदा निकै रमाइलो लाग्छ ।

शिक्षकले सधैँजसो कक्षामा वा राष्ट्रिय गीतको समयमा स्वस्थी वाचन गर्न लगाउँदा उहाँहरुलाई निकै रमाइलो लाग्छ । विद्यालयमा हुने अन्य कार्यक्रममा पनि उहाँहरु संस्कृतमा श्लोक भन्नुहुन्छ । आफूले पढ्ने विद्यालयमा मात्र होइन । गुरुकूलमा पढ्ने धेरै बटुक अन्य विद्यालयमा पनि संस्कृतका श्लोक भन्न पुग्छन् । मेला महोत्सवबाट समेत त्यहाँका बटुकलाई लहरै राखेर श्लोक भन्न लगाउने बढेका छन् । गुरुकूलमा भेटिनुभएकी एक विद्यार्थीकी अभिभावक सुशीला खनालले आफ्नी ११ वर्षीया छोरी प्रशंसा पोखरेललाई गुरुकूलमा भर्ना गरेको एक वर्ष भयो । यसबीचमा छोरीमा धेरै परिवर्तन आएको उहाँ बताउनुहुन्छ । “गुरुकूलमा पढ्न थालेदेखि छोरी धेरै अनुशासीत भएको महसुस गरेको छु ।” उहाँले भन्नुभयो, “बालबालिका सकारात्मक सोच्नुपर्छ, झुठो बोल्नुहँुदैन भन्ने पनि सिकेकी छन् ।” उहाँलाई छोरीले संस्कृत भाषामा श्लोक भनेको असाध्यै मन पर्छ । गुरुकूलका अध्यक्ष प्रकाश भट्टराई बालबालिकाको बिहान साँझ खेर गएको समयमा गुरुकूलले संस्कृत भाषा र बेद पढाउन थालेको बताउनुहुन्छ । “हामीले गुरुकूल स्थापना गर्दा शुरुशुरुमा अभिभावकले विश्वास गरेका थिएनन् ।

तर निरन्तर गुरुकूल चलेपछि उनीहरु विश्वास गरेका छन्”, उहाँले भन्नुभयो, “अभिभावकको धारणा बुझ्न र सुझावका लागि हामीले हरेक हप्ता अभिभावकसँग अन्तक्र्रिया गर्छौं, सुझाव सङ्कलन गर्छौं ।” बालबालिकाले संस्कृतमा बोल्दा, रुद्री, स्वस्तीवाचन गर्दा, गीता, वेद पढेको देख्दा अभिभावक खुशी भएको उहाँको भनाइ छ । गुरुकूलमा आएदेखि बालबालिका शान्त स्वभाव देखाउने, आत्मैदेखि मजबुत भएको व्यवहार गर्ने गरेको हँुदा आफूहरुले अभिभावकको विश्वास जित्दै गएको उहाँको भनाइ छ । “अभिभावक बालबालिकालाई असल संस्कार सिकाउन चाहान्छन् तर भने जस्तो विद्यालय पाएका छैनन्”, उहाँले भन्नुभयो, “अभिभावकको इच्छा पूरा गर्न पनि हामीले गुरुकूललाई आवासीय बनाउने र सबै खालको शिक्षा दिने तयारीमा छौँ ।” अब गुरुकूलमा पढ्ने बालबालिकालाई अन्य विद्यालयमा जान नपरोस् भन्ने उद्देश्यले संस्कृत शिक्षासँगै नेपाली, अङ्गे्रजी, विज्ञान, कम्युटर शिक्षा दिने तयारीमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij