• Friday 24th of July 2026

सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुनपनि तयार छाैंः हर्क साम्पाङ


  • आशाका किरण

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुनपनि तयार रहेको बताउनुभएको छ ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफुहरु निलम्वन हुनपनि तयार रहेको बताउनुभएको हो । सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफुहरुको विरोध रहेको उहाले बताउनुभयो । उहाले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राख्नुभयो ।

सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगाएत आफुहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उहाले बताउनुभयो । उहाले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij