• Friday 24th of July 2026

मुलुकमा सुरक्षा कायम गर्न सक्रिय रुपमा खटियो नेपाली सेना


  • आशाका किरण

नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन गरिएको छ ।

मुलुकमा सुरक्षा कायम गर्न सक्रिय रुपमा खटिएको सैनिक मुख्यालयले जनाएको छ । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । त्यस्तै सेनाले बुधबार साँझ ५ बजे सम्म देशभर निषेधाज्ञा र त्यसपछि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यु लागू हुने जनाएको छ । परिस्थिति अनुसार थप निर्णय हुने सेनाले स्पष्ट गरेको छ ।

सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अराजक समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित आक्रमण तथा बलात्कार प्रयासजस्ता गतिविधि गरिरहेको वा गर्नसक्ने सम्भावना रहेको जनाएको छ। यसलाई दण्डनीय अपराध मानिने र सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनी दिइएको छ । साथै, अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न नागरिकलाई आग्रह गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सेनाले आह्वान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij