• Friday 24th of July 2026

सरकारले संवाद, बहस र प्रतिष्पर्धाको सट्टा निषेध, मुद्दा र धम्कीको बाटो समातेको छ : केपी शर्मा ओली

  • आशाका किरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संवाद, बहस र प्रतिष्पर्धाको सट्टा निषेध, मुद्दा र धम्कीको बाटो समातेको आरोप लगाउनुभएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा पार्टीको ११ औं राष्ट्रिय महाधिवशेन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले समयमा नै निर्वाचन गर्ने कुरा गरेपनि सरकारको क्रियाकलाप त्यसतर्फ उन्मुख नदेखिएको बताउनुभयो ।

एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरुको जालो पनि बुनिरहेको उहाको भनाइ छ । उहाले वर्तमान सरकारको निर्वाचन गराउने कुनै नियत नै नभएको भन्दै आगामी दिनमा हुने निर्वाचनमा एमाले सक्रियताका साथ सहभागी हुने उल्लेख गर्नुभयो ।

उहाले जनेजी आन्दोलनका क्रममा भएको घटना लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्र्याउने  दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र भएको टिप्पणी गर्नुभयो । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने जायज मागका साथ जेनजी युवाहरुले आन्दोलन गरेपनि त्यसक्रममा घुसपैठ भएको उहाले बताउनुभयो । उहाले उक्त घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ओलीले जेनजी आन्दोलनबाट सिर्जित परिस्थीतिका कारण आफुले राजीनामा दिएको कामचलाऊ प्रधानमन्त्रीको नाताले राष्ट्रपतिलाई संवैधानिक निकासको बाटो देखाएको तर संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन भएको बताउनुभयो ।

उहाले अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गर्नु जनतालाई नै राजनीति बाहिर धकेल्नु भएकाले प्रतिनिधिसभा विघटन मान्य नहुने स्पष्ट पार्नुभयो । जायज आवाजको आडमा देशको विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नु र देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिन युवा पुस्तालाई आह्वान पनि गर्नुभयो ।

त्यस्तै उहाले एमालेले विभिन्न बहाननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संवाद, बहस र प्रतिष्पर्धाको सट्टा निषेध, मुद्दा र धम्कीको बाटो समातेको आरोप लगाउनुभएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा पार्टीको ११ औं राष्ट्रिय महाधिवशेन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले समयमा नै निर्वाचन गर्ने कुरा गरेपनि सरकारको क्रियाकलाप त्यसतर्फ उन्मुख नदेखिएको बताउनुभयो ।

एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरुको जालो पनि बुनिरहेको उहाको भनाइ छ । उहाले वर्तमान सरकारको निर्वाचन गराउने कुनै नियत नै नभएको भन्दै आगामी दिनमा हुने निर्वाचनमा एमाले सक्रियताका साथ सहभागी हुने उल्लेख गर्नुभयो ।

उहाले जनेजी आन्दोलनका क्रममा भएको घटना लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पु¥याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र भएको टिप्पणी गर्नुभयो । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने जायज मागका साथ जेनजी युवाहरुले आन्दोलन गरेपनि त्यसक्रममा घुसपैठ भएको उहाले बताउनुभयो । उहाले उक्त घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ओलीले जेनजी आन्दोलनबाट सिर्जित परिस्थीतिका कारण आफुले राजीनामा दिएको कामचलाऊ प्रधानमन्त्रीको नाताले राष्ट्रपतिलाई संवैधानिक निकासको बाटो देखाएको तर संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन भएको बताउनुभयो ।

उहाले अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गर्नु जनतालाई नै राजनीति बाहिर धकेल्नु भएकाले प्रतिनिधिसभा विघटन मान्य नहुने स्पष्ट पार्नुभयो । जायज आवाजको आडमा देशको विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नु र देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिन युवा पुस्तालाई आह्वान पनि गर्नुभयो ।

त्यस्तै उहाले एमालेले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको भन्दै अहिलेको अवस्थालाई पनि चिर्दै अघि बढ्ने बताउनुभयो ।

ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका अघि बढिरहेको बताउनुभयो ।

उहाले वर्तमान अवस्थामा पार्टीभित्रका हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

ामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको भन्दै अहिलेको अवस्थालाई पनि चिर्दै अघि बढ्ने बताउनुभयो ।

ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका अघि बढिरहेको बताउनुभयो ।

उहाले वर्तमान अवस्थामा पार्टीभित्रका हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij