• Friday 24th of July 2026

अहिले नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको छ : गगन थापा


  • आशाका किरण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताउनुभएको हो । अहिले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै थापाले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाले सबैभन्दा ठुलो शत्रु भ्रष्टाचार भएकाले भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको कांग्रेस नै भएको दावी गर्नुभयो । सभापति थापाले निर्वाचनको प्रचार प्रसार गर्ने तरिका बदल्नुपर्ने र मतदाताको गाली र प्रश्नलाई सुन्नुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताउनुभयो । देशभरका नेता तथा कार्यकताले बढि मेहनत गरे पार्टीको बहुमत आउन सक्ने उहाको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij