• Saturday 25th of July 2026

आइसिसी विश्वकप लिग दुई : नेपाललाई १९८ रनको लक्ष्य


  • आशाका किरण
ljs]6 lnPkl5 g]kfnL l6dsf v]nf8L v';LofnLdf sf7df8f}F, @@ df3 M . sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf cfOl;;L ljZjsk lqms]6 lnu b'O{ cGtu{t cf]dfg / g]kfnaLrsf] lqms]6 v]ndf ljs]6 lnPkl5 g]kfnL l6dsf v]nf8L v'l;ofnL ;f6;f6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै १९७ रन बनायो । यस क्रममा ओमानका मोहम नदिमले ६९ रन बनाउनुभयो । उहाँले दुई छक्का र पाँच चौका प्रहार गर्नुभयो । यस्तै सन्दीप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाउनुभयो । बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । आजको खेलमा सन्दीप लामिछानेले भने दर्शकलाई निराश पार्नुभयो । उहाँले कुनै विकेट लिनसक्नुभएन । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले आठ ओभर खेल्दै दुई विकेट गुमाएर १२ रन बनाएको छ । नेपालका पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । पारसले तीन तथा ज्ञानेन्द्रले एक रनमात्र बनाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij