सुदर्शन बजगाई,काठमाडौ ।गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाभित्र रहेका उपाभोक्ता समितिलाई उपभोक्ता समिति गठन र परिचालन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ । उपभोक्ता समिती गठनदेखी कागजी प्रकृया कसरी मिलाउने र प्रकृया नपुग्दा के कस्ता जटिलता आईपर्छन र कसरी सहज ढंगबाट योजनाहरु सम्झौता गरेर काम सम्पन्न गर्न सकिन्छ भनेर गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख भिम बहादुर शाहीले तलिम प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न उपभोक्ता समितिका पदाधिकारीले राखेको जिज्ञासा मेट्दै नगरका कार्यकारी अग्नि प्रसाद अधिकारीले प्रकृया पुराएर आए बिना रोकतोक सबै काम हुने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले उपभोक्ता समिती र कर्मचारीबिच देखिएको मतभेद र खाडल पुर्न र अपभोक्तालाई कानुनी लगाएत प्रक्रियागत कुरा मिलाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । पिस ब्यान्केटमा भएको कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
