• Tuesday 8th of September 2026

स्यान्डर्सलाई जनवरीमा दुई करोड ५० लाख डलर सहयोग


  • आशाका किरण

राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकहरूबाट कुल दुई करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सेनेटर बर्नी स्यान्डर्सले बिहीबार बताउनुभएको छ । यो राशि छ लाख ४८ हजारभन्दा बढी व्यक्तिहरूबाट आएको र औसतमा प्रतिव्यक्ति १८ डलर अनुदान हुन आउने स्यान्डर्सले ट्वीटमार्फत् जानकारी गराउनुभयो । अमेरिकी निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट मनोनयनका लागि दावेदार स्यान्डर्सले सोमबार रातको आयोवामा सम्पन्न निर्वाचनपछि पहिलोपटक उक्त ट्वीट गर्नुभएको हो । ककस (निर्वाचन) ले सन् २०२० प्राइमरीमा पार्टीका तर्फबाट भएको प्रतिस्पर्धाको नतिजा सार्वजनिक गरिरहेका समय यो भनाइ आएको हो । स्यान्डर्स र साउथ बेन्ड, इन्डियानाका पूर्व मेयर बुटिगिग पहिलो स्थानको लागि कडा दौडमारहेको आयोवा डेमोक्र्याटिक पार्टी (आईडीपी) द्वारा जारी आंशिक परिणामले देखाएको छ । आयोवा क्षेत्रको ९७ प्रतिशत मतगणना हुँदा बुटिगिगले २६.२ प्रतिशतका साथ नेतृत्व गरिरहनु भएको छ भने स्यान्डर्सले २६.१ प्रतिशत मतसहित पछ्याइरहनु भएको छ । दुबैले आयोवा प्रजातान्त्रिक निर्वाचनमा विजयको दावी गरेका छन् ।

यसैबीच, प्राविधिक समस्याका कारण ढिलाइ भएको मतगणना नतिजाप्रति डेमोक्र्याटिक नेशनल कमिटी (डीएनसी) का अध्यक्ष टोम पेरेजले बिहीबार कससको नतिजा पुनरावलोकन गर्न आग्रह गर्नुभएको छ । परेजले ट्वीट गर्दै भन्नुभयो, “प्राविधिक समस्याका कारण प्रतिनिधि छनोट योजनाको कार्यान्वयनमा आएको नतिजा र नतिजामा जनताको विश्वास दिलाउन समस्या भएको खण्डमा तुरून्त पुनरावलोकन गरियोस् ।” अध्यक्षका अनुसार प्रस्तावित पुनरावलोकनमा ‘प्रत्येक मतदान केन्द्रमा निर्वाचनपछि तयार पारिएका मुचुल्काहरूको समीक्षा गरी निर्वाचन परिणामको तथ्यमाथि सुनिश्चित गर्न’ भनिएको हो । आंशिक नतिजाका अनुसार सेनेटर एलिजाबेथ वारेन र संयुक्त राज्य अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेन क्रमशः १८.२ प्रतिशत र १५.८ प्रतिशत मतसाथ शीर्ष चारमा पुगेका छन् । सेनेटर एमी क्लोबुचर, १२.२ प्रतिशत कमाउँदै, पाँचौं स्थान लिएका छन् । प्रतिस्पर्धामा रहेका अन्य कुनै उम्मेद्वारहरूले दुई अङ्क प्राप्त गरेका छैनन् । आयोवाले सोमबार रिपब्लिकन ककसस पनि सम्पन्न गरेको छ जसमा ट्रम्पले सहज विजय निकाल्नुभएको छ । उहाँले कुनै खास चुनौतीको सामना गर्नु परेन । २०२० राष्ट्रपति पदको दौड उत्तरपूर्वी राज्य न्यू हैम्पसायरमा सर्दै छ । यहाँ प्राइमरी निर्वाचन फेब्रुअरी ११ का लागि तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij