• Tuesday 8th of September 2026

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु


  • आशाका किरण
Sierra Leonean nurse Veronica Koroma (L) and doctor Donald Samuel Grant (R) stand by a patient in the Lassa fever ward at Kenema Government Hospital in southeastern Sierra Leone February 7, 2011. The regular stream of Lassa fever patients, kept in an isolation ward, provide researchers with access to the virus. Staff hope their new diagnostic product will eventually be cheap, simple and robust enough to take into the field - comparable to current tests for malaria or HIV - replacing complicated laboratory procedures. Picture taken February 7, 2011. To match Reuters-Feature BIOTERROR-AFRICA/ REUTERS/Simon Akam (SIERRA LEONE - Tags: HEALTH SOCIETY) - GM1E72F06QC01

२ फागुन (रासस÷सिन्ह्वा) : नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ । यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ । यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij