गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी क्यानाडाकी मूर्तिकार जुली ग्ल्यास्पी आफूले मूर्ति कुँद्ने ढुङ्गामा । १७ दिनसम्म चल्ने कार्यशालामा पाँच नेपाली र १० विदेशीसहित १५ कलाकारको सहभागिता छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले गलकोट कला प्रतिष्ठानले कार्यशाला आयोजना गरेको हो । तस्वीर ः रामबहादुर थापा÷रासस
