पोखरा महानगरपालिका २२ स्थित विश्व शान्ति स्तूप । पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममा रहेको स्तूपको उचाई ११५ फिट तथा गोलाइ ३४४ फिट छ । शाक्यमुनि बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित स्तूप तथा आसपास क्षेत्र करिब बाइस रोपनी क्षेत्रफलमा छ । यस धार्मिक पर्यटकीय स्थलबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवाताल हेर्न सकिन्छ । तस्बिरःराधिका कँडेल, रासस
